समाचार
चैत २३, २०७७ सोमबार
पोखरा । उपाधि दावेदार मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ । संकटा क्लबसंग पराजित हुँदै मनाङ बाहिरिएको हो ।
पोखरामा जारी १९ औं संस्करणको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा संकटाले मनाङलाई १-० ले पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा संकटालाई जिताउन विदेशी खेलाडी फोफो माले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा गरेको गोल नै संकटालाई जिताउन पर्याप्त बन्यो ।
प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।
यसअघि नै विभागीय टोली एपीएफ क्लब र अफ्रिकन रुट एसोसिएसन सेमिफाइनलमा पुगिसकेका छन् । सहारा क्लबको आयोजना भइरहेको प्रतियोगितामा कुल आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
तस्वीर : सुदर्शन रञ्जित