समाचार

चैत २३, २०७७ सोमबार

पोखरा । परिचित ज्योतिषी डा. सीता रेग्मी भारतको उत्तर प्रदेशस्थित अन्तर्राष्ट्रिय धर्मपीठ व्यास परिषदको राष्ट्रिय सचिवमा मनोनित भएकी छन् । 

पर्वत जिल्लाको खुर्कोट ४ निवासी ज्योतिषी रेग्मीलाई संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष अनन्तश्री विभुषित श्री श्री १००८ भदीकाली पिठाधीश्वर धर्मरक्षक महारजश्रीले सोमबार राष्ट्रिय सचिवमा मनोनित गरेका हुन् । 

स्रोतका अनुसार यो संस्थामा शाकाहारी व्यक्तिमात्र रहनेछन् । राष्ट्रिय सचिवमा मनोनित रेग्मी पोखरामा रहेर विगत २२ वर्ष ज्योतिष अनुसन्धान एवं ज्योतिष पत्रकारितामा सक्रिय छिन् । उनी नेपालको पहिलो ज्योतिष समाचारपत्र ज्योतिष भविष्यवाणी साप्ताहिककी सहसम्पादकसमेत हुन् ।

पोखरास्थित देव ज्योतिष भविष्यवाणी परामर्श केन्द्रकी सञ्चालक रेग्मी नेपाल ज्योतिष पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थामा आवद्ध छिन् ।

मनोनित पत्र