समाचार

चैत २४, २०७७ मंगलबार

पोखरा । मोरङका व्यवसायी किशोर प्रधान नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त भएका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार नियुक्त गरेका हुन् ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको बताईको छ । 

प्रधानको कार्यकाल चार वर्षको हुनेछ । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत हुन् । उनी केही दिन अघि केपी ओली प्यानलको नेकपा एमालेमा प्रवेश गरेका थिए ।