समाचार

चैत २४, २०७७ मंगलबार

पोखरा । कास्कीमा १८ जनासहित गण्डकी प्रदेशमा आजमात्रै २७ जना कोरोना संक्रमित थपिएका छन् । यो तथ्यांक दिनमा १ः१५ बजेसम्मको मात्र हो । 

कास्कीमा भेटिएका संक्रमितमध्ये पोखराका विभिन्न वडाका १५ जना र माछापुच्छ्रे गाउँपालिकाका तीन जना हुन् । यसैगरी तनहूँमा एक, पर्वत एक र बाग्लुङ छ जना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ७४० जना पुगेको छ ।

कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८३ सय ९९ पुगेकोमा ७९ सय ६० जना निको भएका छन् । कास्कीमा अझै पनि ३२५ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ जना पुगेको छ ।