समाचार

चैत २४, २०७७ मंगलबार

पोखरा । वरिष्ठ ज्योतिषी एवं अधिवक्ता डा. बलराम उपाध्याय रेग्मी भारतको उत्तर प्रदेशस्थित अन्तर्राष्ट्रिय धर्मपीठ व्यास परिषदको राष्ट्रिय अध्यक्षमा मनोनित भएका छन् । 

पर्वत जिल्लाको खुर्कोट ४ निवासी रेग्मीलाई संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष अनन्तश्री विभुषित श्री श्री १००८ भदीकाली पिठाधीश्वर धर्मरक्षक महारजश्रीले सोमबार राष्ट्रिय अध्यक्षमा मनोनित गरेका हुन् ।

स्रोतका अनुसार यो संस्थामा शाकाहारी व्यक्तिमात्र रहनेछन् । अध्यक्षमा मनोनित डा. रेग्मी ज्योतिष पत्रकारितामा विद्यावारिधी गर्ने नेपालकै पहिलो व्यक्तित्व हुन् ।

उनी पोखरामा रहेर विगत ३० वर्ष ज्योतिष प्राध्यापन, अनुसन्धान एवं ज्योतिष पत्रकारितामा सक्रिय छन् । उनी नेपालको पहिलो ज्योतिष समाचारपत्र ज्योतिष भविष्यवाणी साप्ताहिकका संस्थापक प्रधान सम्पादक, पोखरा ज्योतिष महाविद्यालयका प्राचार्य, वैदिक ज्योतिष विज्ञान विश्वविद्यालयका संस्थापक अध्यक्षसमेत हुन् । 

उनी नेपाल ज्योतिष पत्रकार महासंघका संस्थापक अध्यक्ष, नेपाल प्रेस युनियन कास्कीका सल्लाहकारका साथै विश्व हिन्दू महासंघ, दक्षिण एशियाली ज्योतिष महासंघ, नेपाल पत्रकार महासंघ कास्की लगायत दर्जन बढी संघसंस्थामा आवद्ध छन् । 

मनोनित पत्र