समाचार

चैत २५, २०७७ बुधबार

पोखरा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं बार्सिक साधारण सभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ४२ औं साधारण सभाले लिलेन्द्र प्रसाद प्रधानको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो ।

त्यसैगरी सभाले सुनिल कुमार गुरुङ्गलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको छ । बिगत लामो समय देखि समाजसेवा संगै खेलकुदको क्षेत्रमा समेत उल्लेख्य योगदान दिनु भएका गुरुङ निर्बिरोध निर्वाचित हुनुभएको हो । सहारा क्लबको सल्लाहकार संगै बिभिन्न सामाजिक संघसंस्थामा आबद्द रहनुभएका गुरुङ बिगत लामो समय देखि पेट्रोलियम ब्यबसायीको रुपमा हुनुहुन्छ ।

राजनीतिक तथा सामाजिक रुपमा प्रतिष्ठित गुरुङ सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्षको पदमा चयन भए पछि उहाँले यस क्षेत्रलाई अझै चुस्त दुरुस्त राख्न र एशोसिएसनको आवस्यकता र परिवेस अनुसार अगाडी बढ्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।

२०७७ चैत्र २० र २१ गते, काठमाण्डौमा भएको एशोसिएसनको ४२ औं बार्सिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनले प्रथम उपाध्यक्षमा ई .विनोद कुमार चौरसिया, द्वितीय उपाध्यक्षमा सुनिल कुमार विड्ला, महासचिव विश्व अर्याल, कोषाध्यक्ष चतुर्भुज सरिया, सचिव हिमाल गैरे, सह सचिव श्याम वुढाथोकी र सदस्यहरुमा भुपाल राज कटुवाल, वावुराम जमरकट्टेल, चन्दन कृष्ण श्रेष्ठ, गणेश वहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्ण राज खड्का, हरिराम कसौधन, ईश्वर लामा, महेन्द्र कुमार अग्रवाल, मेधराज भुसाल, राजु न्यौपाने, ई.उदय भान सिंह चयन गरेको छ ।

त्यसैगरी प्रदेश संयोजकहरुमा प्रदेश नं १ को संयोजक राम सगुन यादव र सदस्य टिकाराम पिठाकोटे मगर, प्रदेश नं २ को संयोजक सुरेन्द्र प्रसाद श्रीवास्तव र सदस्य किसुन देव शाह, बाग्मति प्रदेशको संयोजक सुदर्शन कार्की र सदस्य विष्णु कु. खड्का, गण्डकी प्रदेशको संयोजक सुशील गौचन र सदस्य रुद्र धले, लुम्बिनी प्रदेशको संयोजक प्रेम न्यौपाने र सदस्य कृष्ण भुसाल, प्रदेश नं ७ को संयोजक सन्जय पन्त र सदस्य श्याम राज जोशी चयन भएका छन् ।