विश्व

बैशाख २, २०७८ बिहिबार

काठमाडौँ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नो जलवायु सम्बन्धी सन् २०१५ मा भएको पेरिस सम्झौताप्रति भारतले प्रतिवद्धताहरु पूरा गर्ने बताएका छन् ।

अमेरिकी जलवायु सम्बन्धी विदेश दूत जोन केरीसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले सम्झौताको भावना अनुसार भारतले जलवायु मैत्री आर्थिक विकास र उद्योगहरुको आधुनिककरणमा काम गरिरहेको बताएका हुन ।

प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको सहकार्य र सहयोगले विशेष गरी वित्तिय नवीनता र हरित प्रविधिको प्रयोग हुन सके अन्य देशमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

अमेरिकी विशेष दूत केरीले दुई देशले विश्वकै साझा समस्या रहेको जलवायु सम्बन्धी क्षेत्रमा काम गर्दा प्रगति हाँसिल गर्न सक्ने बताए ।

केरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २२-२३ मा जलवायु सम्बन्धी भर्चुअल कन्फ्रेन्सको आयोजना गर्नुअघि भारत, संयुक्त अरब इमिरेटेस, र बंगलादेशको भ्रमण गर्दैछन्। -डेली मेल