गण्डकी

बैशाख ३, २०७८ शुक्रबार

पोखरा। पछिल्लो समयमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या वृद्धि भैरहेको छ । 

आज कास्कीमा मात्रै ८४ जनामा कोरोना पुष्टिसगैं गण्डकी प्रदेशमा थप १०८ जना कोरोना संक्रमित भेटिएका हुन् ।

संक्रमणमीतमध्ये क्षयरोग उपचार केन्द्र पोखरामा ६१ जना, लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.ली.मा ३३ जना, बिध ल्याब ललितपुरमा ११ जना, र मध्यविन्दु जील्ला अस्पताल नवलपरासी पुर्वमा तीन जना रहेका छन् ।

जस्मा ४३ जना महिला रहेका छन भने अन्य पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सगैं गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ०८४ जना पुगको छ ।