विश्व

बैशाख ४, २०७८ शनिबार

नाइजेरिया। विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण नाइजेरियामा ६५ हजार मानिस विस्थापित भएका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने दमासाकबाट उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

स्वघोषित इस्लामिक स्टेटका लडाकूहरूले यही हप्ता मात्रै बोर्नो राज्यमा तीन पटक आक्रमण गरेका थिए । उनीहरूले सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने, घर तथा राष्ट्रसंघीय कार्यालयहरूमा आगजनी गर्ने गरेका छन् भने कम्तीमा १२ जनाको हत्या गरेका छन् ।

नाइजेरियामा सबैभन्दा पछिल्लो हिंसात्मक घटना गत बुधबार भएको थियो । उक्त घटनामा उनीहरूले सुरक्षाकर्मीहरूमाथि व्यापक आक्रमण गरेका थिए । ‘संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयका प्रवक्ता बाबार बालोचले भने’ ‘सबैभन्दा पछिल्लो आक्रमणको घटना यही अप्रिल १४ तारिखका दिन भएको थियो, यो घटना पछिल्लो सात दिन भित्र भएको तेस्रो घटना थियो।’

उहाँले गाउँका झण्डै ८० प्रतिशत मानिस आन्तरिक रूपमा विस्थापित भएको पत्रकारहरूलाई जानकारी दिनुभयो । बस्दै आएको ठाउँमा बस्न नसकेर विस्थापित भएकाहरू क्षेत्रीय राजधानी मैदुगुरी र त्यस वरपरका अन्य ठाउँहरूमा गएका छन् । ‘उनले भने’ ‘नाइजेरियाको वोर्नो प्रदेशमा मानिसहरुलाई असुरक्षासँगै धेरै चुनौतीहरू बढ्दै गएपछि उनीहरु विस्थापित हुन बाध्य भएका हुन् । ’

आक्रमणकारीहरूका कारण धेरै मानिसले अस्थायी रुपमा विस्थापित हुनुको विकल्प नरहेको अधिकारीहरूले बताएका छन् ।