समाचार

बैशाख १६, २०७८ बिहिबार

पोखरा । यस वर्षको पोखरा स्पोटर्स अवार्ड वितरण कार्यक्रम स्थगित भएको छ । सरकारले निषेधाज्ञ जारी गरेसंगै अवार्ड वितरण कार्यक्रम स्थगित गरिएको हो । 

कार्यक्रम आयोजक संस्था नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको बिहीबार बसेको आकस्मिक बैठकले अवार्ड वितरण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । 

मञ्चले सात वटा विधानमा अवार्ड वितरण गर्न लागेको थियो । जसका लागि तयारी अन्तिम चरणमा पुर्याएको थियो । मञ्चका महासचिव विजय नेपालका अनुसार नगदसहित अवार्ड वितरण गर्नका लागि उत्कृष्ट तीनको मनोनयन समेत सार्वजनिक भइरहेको थियो । 

मञ्चका अध्यक्ष एकाराज गिरी र महासचिव नेपालले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको र उपयुक्त समयमा वितरण गरिने जानकारी गराएका छन् । 

विज्ञप्ति