समाचार

बैशाख १७, २०७८ शुक्रबार

पोखरा । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेलेका छन् । 

पहिलो संस्करणको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल भने सकेनन् । 

आजको खेलमा काठमाडौंभन्दा पोखरा बलियो देखिएको थियो । तर, दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्न पुगे ।

खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । बराबरीसँगै पोखराले तीन खेलमा चार अंक जोडेको छ ।

काठमाडौंले तीन खेलमा चार अंक जोडेको छ । पहिलो संस्करणको फ्रेन्चाइज लिगमा सात टोलीको सहभागिता छ ।