समाचार

बैशाख १९, २०७८ आइतबार

पोखरा । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले अबको तीन दिन देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, वाग्मती  र कर्णाली प्रदेशलगायत देशका पहाडी भेगमा आज वर्षा भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि मौसम विग्रिएको छ । 

आज दिउँसो पनि पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । योक्रम मंगलबारसम्म कायम रहने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको पूर्वानुमान
बैशाख १९ गते (आइतबार)

दिउँसोः देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ । गण्डकी, वाग्मतीलगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्यांक÷हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, प्रदेश नं १ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्यांकसहित क्षणिक वर्षाको सम्भावना छ ।

बैशाख २० गते (सोमबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित वर्षाको सम्भावना छ ।

बैशाख २१ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, प्रदेश नं १ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्यांक÷हावाहुरीसहित वर्षाको सम्भावना छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्यांक÷हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, वागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना छ ।