फिचर

बैशाख १९, २०७८ आइतबार

पोखरा । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

नेपालको राजनीतिक किचलोसंगै आजै मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि उनले राजीनामा दिएका हुन् । 

लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो । 

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो ।

मुख्यमन्त्रीको राजीनामालाई प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृतसमेत गरिसकेका छन् । 

नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको  बुझिएको छ ।

पोखरेलले राजनीतिक संस्कार देखाएको भन्दै सामाजिक सञ्जालमा उनको उच्च प्रशंसा भइरहेको छ । 

अब उक्त प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बन्ने भएका छन् । उद्यपि को मुख्यमन्त्री बन्दैछन् भन्ने एकिन छैन ।

तर नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार गण्डकी प्रदेश कांग्रेस र लुम्विनी प्रदेश माओवादी केन्द्रको भागमा परेको छ । 

राजीनामा स्वीकृत पत्र