विश्व

बैशाख १९, २०७८ आइतबार

काठमाडौँ। कोरोना भाइरसबाट अतिप्रभावित भारतलाई अमेरिकाले थप दुई विमानमा अक्सिजन, औषधिसहितका अत्यावश्यक सामग्री पठाएको छ । 

दैनिक चार लाखसम्म संक्रमित वृद्धि हुन थालेको भारतमा अक्सिजनसहितका अत्यावश्यक सामग्री अभाव भएपछि अमेरिकाले सहयोग गरेको हो ।

अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ । यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको छ । 

सो विमानमा अक्सिजन सिलिण्डर, अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण, मास्क तथा अन्य औषधिहरू रहेको जनाइएको छ ।एजेन्सी