समाचार

बैशाख १९, २०७८ आइतबार

पोखरा । कास्कीमा निषेधाज्ञाको समय थप गरिएको छ । यसअघि एक साता गरिएको निषेधाज्ञाको समयसीमा बढाएर वैशाख मशान्तसम्म पुर्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख २१ गते विहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार सम्पन्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठक पश्चात् जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको समय थप गरेको जनाएको छ । 

यसअघिको निषेधाज्ञामा जोर-विजोर प्रणालीमा सवारी साधन चलाउन पाइए पनि अबको निषेधाज्ञामा नपाइने प्रशासनले जनाएको छ ।

साथै यसअघि बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन भएका खाद्यान्न तथा किराना पसलहरु अबदेखि बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र पाइने भएको छ । 

यस्तै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्रबैंकको निर्देशन अनुसार सञ्चालन हुने, पत्रकारहरुले सूचना विभाग तथा नेपाल पत्रकार महासंघको परिचय पत्रवाहकलाई छुट दिने र अत्यावश्यक सबै सवारीलाई सञ्चालन गर्न दिइने भएको छ । 

यस्तो छ सूचना