देश

बैशाख २०, २०७८ सोमबार

काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो ।

आज सुन प्रतितोला रु.९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार सुन तोलाको रु.९० हजार रूपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला रु.८९ हजार ९०० रूपैयाँ तोकिएको छ । आज पाँच रूपैयाँ बढेको चाँदीको मूल्य रु.१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।