समाचार

बैशाख २१, २०७८ मंगलबार

पोखरा । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । नुवाकोटको सूर्यगढी गाँउपालिका-४, दार्मे गाउँ घर भएका कश्येप लम्सालको उच्च रक्तचापका कारण मृत्यु भएको हो ।

गत मार्च २१ तारिखमा अचानक भुइँमा ढलेका लम्साललाई कुवेतको मुबारक अल कबिर अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा मृत्‍यु भएको बताइएको छ ।

मृतकको बारे ढिलो गरी जानकारी आएको भन्दै त्यहाँस्थित नेपाली दूतावासले कम्पनी तथा परिवारसंग समन्वय गरेर शव चाडै नेपाली पठाइने जनाएको छ । लम्साल लामो समयदेखि कुवेतमा एक फुड कम्पनीमा बाइक डेलिभरी ब्वाइजको रुपमा कार्यरत रहेका थिए ।