बैशाख २१, २०७८ मंगलबार
पोखरा । लकडाउनको पहिलो दिन पोखराका अधिकांश बजार सुनसान छ । केही अत्यावश्यक सवारीसाधन सञ्चालन भए पनि अन्य सबै सवारी ठप्प छ ।
बिहान केही अत्यावश्यक सेवाका पसलहरु खुले पनि बिहान ९ बजेदेखि पूर्ण बन्द छ ।
सडकमा सुरक्षाकर्मीले कडा निगरानी गरेको छ । अटेर गर्ने केही सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्वीर : गण्डकी भ्वाइस फोटो संयोजक : पुकार पुर्जा पुन