गण्डकी

बैशाख २१, २०७८ मंगलबार

पोखरा। गण्डकी प्रदेशमा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको अनुसार २ः४५ बजेसंम कास्कीका ३१० जनासंगै गण्डकी प्रदेशमा ४२९ जना कोरोना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि.मा २९९ जना, क्षयरोग उपचार केन्द्र पोखरामा ४३ जना, मध्यविन्दु जिल्ला अस्पताल, नवलपरासी पुर्वमा ५१ जना, धौलागिरी जिल्ला अस्पताल, बागलुङमा ३२ जना, मुस्ताङ जिल्ला अस्पताल, मुस्ताङमा ४ जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा प्रवक्ता डा.विनोद विनदु शर्माले वताए ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३१० जना, नवलपरासी पुर्वका ५१ जना, बागलुङका ३३ जना, तनहुमा १६ जना, लम्जुङ आठ जना, स्याङजाका पाच जना, मुस्ताङ चार जना र म्याग्दी, पर्वतका एक एक जना रहेको शर्माले बताए ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कूल १९ हजार ८५३ पुगेको छ ।