गण्डकी

बैशाख २१, २०७८ मंगलबार

पोखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्दशनालयका अनुसार कास्की, पर्वत र म्याग्दीका एक-एक जना संक्रमितको मृत्यु भएको हो । 

आज (मंगलबार) दिउसो २ः३० बजेको तथ्याङ्क अनुसार पोखरा महानगरपालिका-२९ का ४७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा बैशाख १८ गते कोेरोना संक्रमण पुष्टि भएको थियो  । 

यस्तै पर्वतको कुश्मा नगरपालिकाका-४ का ८४ वर्षीय पुरुषको जिल्ला अस्पताल पर्वतमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

यस्तै म्याग्दीको मंगला गाउँपालिका-६ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनलाई यही वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।