गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ अस्वस्थ

बैशाख २२, २०७८ बुधबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्वस्थ भएका छन् ।

उनलाई मंगलबार टाउको दुखेको र सामान्य ज्वरो आएको बताइएको छ । 

 मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । 

उनी बिरामी परेपछि उनको आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको बताइन्छ । 

उनको पिसिआर रिपोर्ट भने आउन बाँकी छ । 

उनको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएर आइसोलेसनमा बसिरहेका छन् ।