कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

बैशाख ३०, २०७८ बिहीबार

काठमाडौँ। कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना उपचारका क्रममा बुधबार राति निधन भएको उनका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।

न्यायाधीश श्रेष्ठको काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २९ वैशाख राति ९ बजे निधन भएको हो ।

५२ वर्षीय न्यायाधीश श्रेष्ठ कोरोना संक्रमण भएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।