आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख ३०, २०७८ बिहीबार

पोखरा । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । गत मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । 

 गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ । 

यता चाँदीको मूल्य पनि बिहिबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै एक हजार ३३५ रुपैयाँ कायम भएको छ ।