गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

बैशाख ३०, २०७८ बिहीबार

पोखरा । ईदुल्लफितर (ईद) को अवसरमा गण्डकी प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा दिइएको छ । 

गण्डकी प्रदेश सरकारको गत चैत्र १७ गतेको निर्णय बमोजिम भोलि ३१ गते बिदा दिइएको गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हिमाल चन्द्र अर्यालले जानकारी दिए । 

सूचना