अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

बैशाख ३०, २०७८ बिहीबार

काठमाडौँ। अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

संयुक्त्त राज्य अमेरिकाले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

अमेरिकी इन्डो-प्यासेफिक कमाण्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।

सन् २०२० को अप्रिल यता कमाण्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ ।

यो सँगै नेपालमा युएसएडसमेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड-१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् ।