गण्डकी प्रदेशमा ५०६ कोरोना संक्रमित थपिए

बैशाख ३०, २०७८ बिहीबार

पोखरा। पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कास्कीमा १०३ जनासंगै गण्डकी प्रदेशमा ५०६ जना नया कोरोना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको ४ः०० बजेको तथ्याङ्क अनुसार उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि.मा १५६ जना, धौलागिरी जिल्ला अस्पताल बागलुङमा ११९ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा १९ जना,  विध्या ल्याव, ललितपुर ८५ जना रहेका छन् । 

यस्तै स्वास्थ्य कार्यलय नवलपरासी पुर्वमा ५९ जना, स्वास्थ्य कार्यलय म्याग्दीमा २६ जना, जिल्ला अस्पताल तनहुँमा ४ जना, स्वास्थ्य कार्यलय पर्वतमा ६ जना, र मध्ये विन्दु जिल्ला अस्पताल नवलपुर पुर्वमा ३२ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जानाकारी दिए ।

कोभिड १९ संक्रमण पुष्टी हुनेहरुमा कास्कीका २१० जना, बागलुङका ११९ जना, नवलपरासी पुर्वका ९१ जना, म्याग्दीका २८ जना, तनहँुका २७ जना, पर्वतका ११ जना, स्याङजाका १६ जना, लम्जुङका, गोर्खाका दुई दुई जना रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ९५३ जना पुगेको छ ।