पछिल्लो समय भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै

बैशाख ३१, २०७८ शुक्रबार

भारत। भारतमा पछिल्लो समय कोरोना भाइसका नयाँ संक्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा संक्रमण पुष्टी हुने गरेकोमा केही दिन यता यो संख्यामा कमि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा तीन लाख ३८ हजार १९ जनामा सङ्क्रमण भएको छ । हिजो तीन लाख ६२ हजार चार सय ६ जना सङ्क्रमित भएका थिए भने अस्तिको दिन तीन लाख ४८ हजारमा संक्रमण देखिएको थियो । 

गएको शनिबार भारतमा एकैदिन ४ लाख ९ हजार भन्दा धेरैलाई संक्रमण देखिएको थियो । त्यस यता भने संक्रमितको सङ्ख्या केही घटेको छ । तर, भारतमा कोरोनाको नयाँ भेरियन्ट फैलिरहेकाले यसलाई संक्रमण घटेको मान्न नमिल्ने विश्लेषण पनि गरिएको छ ।

त्यस्तै, भारतमा गएको २४ घण्टामा तीन हजार ८ सय ८८ जनाको कोरोनाका कारण ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण दुई लाख ६२ हजार भन्दा धेरैको ज्यान गएको छ भने संक्रमितको सङ्ख्या दुई करोड ४० लाख बढि रहेको छ ।