आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

बैशाख ३१, २०७८ शुक्रबार

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोकै दरभाउ अनुसार आज पनि सुन प्रतितोला रु.९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य रु.९१ हजार १०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज घटेको छ ।

हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेको चाँदी आज प्रतितोला रु.१ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।