जापानको फुकुसीमामा ६ म्याग्निच्यूडको भूकम्प

बैशाख ३१, २०७८ शुक्रबार

टोकियो।  जापानको फुकुसीमामा शक्तिशाली भूकम्प गएको छ ।

जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।  

स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको भूकम्प विभागले बताएको छ । 

उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी नगरेको उल्लेख गरेको छ ।

भूकम्पीय जोखिममा रहेको जापानमा वर्षभरि नै सानाठूला भूकम्प गइरहन्छन् । -सिन्ह्वा