कास्कीमा ३०६ जनासंगै गण्डकी प्रदेशमा ६८० कोरोना संक्रमित थपिए

बैशाख ३१, २०७८ शुक्रबार

पोखरा। पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीमा आज मात्रै ३०६ जनासंगै गण्डकी प्रदेशमा ६८० जना नया कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि.मा ९३ जना, प्रदेश जनास्वास्थ्य प्रयोगशाला ४३३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा १९ जना, मध्यविन्दु जिल्ला अस्पताल, नवलपरासी पुर्व ४१ जना, स्वास्थ्य कार्यालय म्याग्दीमा १० जना, जिल्ला अस्पताल तनहुँमा १२ जना, जिल्ला अस्पताल लम्जुङमा ११ जना, स्वास्थ्य कार्यालय पर्वतमा १० जना, स्वास्थ्य कार्यालय लम्जुङमा नौ जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।   

कोभिड-१९ संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३०६ जना, नवलपरासी पूर्वका ८७ जना, म्याग्दीका ५२ जना, तनहूँका २७ जना, पर्वतका ६१ जना, स्याङजाका २३ जना, लम्जुङका ४६ जना, गोर्खाका ७४ जना र बागलुङका चार जना छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६३३ जना पुगेको छ ।