युरोप, जापान र खाडी मुलुकबाट नेपाल प्रवेशमा रोक

जेठ २, २०७८ आइतबार

पोखरा। सरकारले शुक्रबार (आज) रातिदेखि कोरोना संक्रमित खाडीका ६ देशबाट प्रवेशमा रोक लगाइएको छ । जहा दक्षिण कोरिया, जापान, मलेसिया तथा यूरोपका देशबाट नेपालीसहित विदेशी नागरिकलाई पनि प्रवेशमा रोक लगाइएको हो । साथै यी देशबाट ट्रान्जिट भएर पनि नेपाल आउन नपाइने जानकारी दिएको छ 

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले यूरोपका ४४ देश, खाडीका ६ देश, इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानका साथै यी देशमा ट्रान्जिट भएर नेपाल आउन रोक लगाएको हो । 

सरकारको यो निर्णयसँगै अब काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, टर्की, ओमन र जापानका उडान साथै ती देशबाट उडानमा पनि रोक लगाइने जनाएको छ । यसअघि कतारले नेपालीलाई प्रवेशमा रोक लगाए पनि दोहा काठमाण्डौ उडान भइरहेको थियो । दोहा ट्रान्जिट भएर अन्य देशमा जाने र आउने यात्रुहरु पनि थिए । 
सरकारले रोक नलगाएका देश जस्तै अमेरिका, अस्टेलिया लगायतका देशबाट आउनेले पनि कतारसहित खाडीका अरु देश र मलेसियामा ट्रान्जिट हुँदै नेपाल आउन रोक लगाइएको हो । 

यस्तै सरकारले प्रतिबन्ध नलगाएको देश भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक र चीनको ग्वाङजाउबाट भने नेपाल आउन पाउनेछन् । अर्थात अमेरिका, अस्टेलियाबाट चीन, बैंकक, हङ्कङ वा सिंगापुर ट्रान्जिट बनाएर नेपाल आउन पाउनेछन् । 

प्रतिबन्धित देशमा रहेका नेपाली वा अन्य नागरिक, यी ठाउँलाई ट्रान्जिट बनाएर आउन नपाउने समेत उल्लेख गरिएको छ । शुक्रबार राति १२ बजेसम्म काठमाण्डौं अवतरण गरिसक्ने उडानको टिकट भएका यात्रुहरु चाहिँ प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउन पाउनेछन् । यो प्रतिबन्ध अप्रिल १२ अर्थात आउँदो चैत ३० गतेसम्म लागू हुनेछ ।