चेम्बर अफ कमर्सद्वारा कोरोना हेल्प डेस्क स्थापना, मूल संयोजकमा पौडेल चयन

जेठ २, २०७८ आइतबार

पोखरा । पोखरा चेम्वर अफ कमर्स कास्कीले पोखरा चेम्वर हेल्प डेस्क स्थापना गरेको छ । संस्थाको शनिबार सम्पन्न भर्चुअल बैठकले हेल्प डेस्क स्थापना गरिएको अध्यक्ष किशान सुनारले गण्डकी भ्वाइसलाई जानकारी दिए । 

कोरोना माहामारी व्यवस्थापनमा स्थानीय निकायलाई सहजीकरण गर्न तथा आम नागरिकको जीवन रक्षाका लागि सघाउ पुर्याउने लक्ष्यसहित हेल्प डेस्क स्थापना गरिएको अध्यक्ष सुनारले बताए । 

संकटपूर्ण अवस्थामा अत्यावश्यक वस्तु तथा सेवा संचालन गर्ने व्यवसायलाई सहजीकरण गर्ने डेक्सको लक्ष्य छ । 

हेल्प डेस्क मूल व्यवस्थापन समिति संयोजकमा संस्थामा उपाध्यक्ष यामनाथ पौडेल छन् । समितिको सदस्यमा गीता तिवारी, प्रेम भुजेल, ज्ञानबहादुर नेपाली, उमराज बाँस्तोला, प्रेम सुवेदी, नारायण पौडेल, कमल बहादुर बस्नेत, नवराज आचार्य, रवीबहादुर विक, नवीन बराल, सुरेश दाहाल छन् । 

यसैगरी विक्रम पन्त, राजु भुगाइँ, विष्णु बाँस्तोला, बोधराज सुवेदी, कमल भुजेल, नगेन्द्र शर्मा भण्डारी, तुलसीराज सुवेदी, अशोक प्रसाद बराल, रामजी थापा, पूर्ण श्रेष्ठ, निर्मल बाँस्तोला, खगेन्द्र क्षेत्री, रेशम अधिकारी पनि मूल समितिको सदस्यमा छन् ।

यस्तै, लालबहादुर राना, डा. कमल शर्मा, प्रज्ञान अर्याल, चुडामणि पराजुली, राजु सुवेदी र मनोज रसाईलीलाई पनि मूल समितिकै सदस्यमा मनोनित गरिएको अध्यक्ष सुनारले जानकारी दिए । 

यसैबीच संस्थाले अक्सिजन सिलिण्डर व्यवस्थापन संयोजकमा नवराज आचार्य र सदस्यमा मनोज रसाईली, रनबहादुर विक, टिका गुरुङ, बिष्णु बाँस्तोला, बोधराज सुवेदी, कमल भुजेल, नगेन्द्र शर्मा भण्डारी, तुलसीराज सुवेदी, अशोकप्रसाद बराल र रामजी थापा छन् । 

यस्तै, एक व्यक्ति वा संस्था एक सिलिण्डर अभियानका लागि प्रेम सुवेदीलाई संयोजक तोकिएको छ । समितिको सदस्यमा सुवास अधिकारी, चेतभक्त सुवेदी, हरि पन्थी र जीवन अधिकारी छन् । 

अस्पताल व्यवस्थापनका लागि यामनाथ पौडेल संयोजक र डिलाराम लामिछाने, ज्ञानबहादुर सुनार र रमेश घिमिरे सदस्य छन् भने आइसोलेशन सहजीकरणका लागि ज्ञान बहादुर नेपाली संयोजक, प्रकाश श्रेष्ठ,  प्रेमबहादुर क्षेत्री र रामजी थापा सदस्य छन् ।

एम्वुलेन्स तथा यातायात व्यवस्थापनका लागि सुरेश दाहाल संयोजक, घनश्याम शर्मा, दिवस लामिछाने सदस्य छन् भने औषधि तथा मेडिकल उपकरण व्यवस्थापनका लागि विक्रम पन्त संयोजक, कल्पना पौडेल र रुद्रराज रेग्मी सदस्य छन् ।

यस्तै, होटल क्वारेन्टाइन व्यवस्थापनका लागि रेशम अधिकारी संयोजक, डिल्लीराज पाण्डे, एकराज गिरी सदस्य छन् भने स्थानीय निकाय समन्वयको संयोजकमा उमराज बास्तोला, सदस्यमा साँग्रीला मरासिनी र निर्मल बाँस्तोला छन् ।

यसैगरी दैनिक उपभोग्य वस्तु तथा खाद्यन्न समन्वयको संयोजकमा प्रेम भुजेल, सदस्यमा राजु भ्वाई र दीपक तिमिल्सिना, प्रशासनिक निकाय समन्वयको संयोजकमा गीता तिवारी, सदस्यमा रवीबहादुर विक, लोकेन्द्र राई, पवित्र नेपाली र किरण बाँनिया छन् ।

यस्तै, सामाजिक संस्था समन्वयमा संयोजक सुरेन्द्र गुरुङ, सदस्य रनबहादुर विक, ऋषिराज बराल, नवराज अधिकारी र विष्णुकुमारी गुरुङ छन् ।

यस्तै, आर्थिक व्यवस्थापनमा संयोजक कमल बहादुर बस्नेत, सदस्यमा नारायण पौडेल, नगेन्द्र शर्मा भण्डारी, सविन जिसी, विशाल गुरुङ, विनोद भुजेल र अबोक प्रसाद बराल छन् भने चेम्वर हेलो डक्टर डेस्कको संयोजकमा डा. खेमराज अधिकारी, सहसंयोजकमा डा. कमल शर्मा र सदस्यमा पूर्ण श्रेष्ठ छन् ।

यसैगरी अन्तर्राष्ट्रिय संघसंस्था समन्वयमा संयोजक रवीबहादुर विक, सदस्यमा मिलन तिवारी र गणेश सापकोटा छन् भने रगत व्यवस्थापन तथा रक्तसंचार समन्वय  संयोजकमा रवीबहादुर विक र सदस्यमा शिवप्रसाद सापकोटा, मनोहरि दाहाल, गोकर्ण क्षेत्री र पदमलाल श्रेष्ठ छन् ।