आज पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना

जेठ ३, २०७८ सोमबार

काठमाडौँ। आज देशभर आंशिक बदली रही पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद पूर्वानुमान माहाशाखाले जनाएको छ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले दिउँसो देशका पहाडी भेगमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो र राति पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै राति देशभर  सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।