सुनचाँदीको बजारभाऊमा सामान्य वृद्धि

जेठ ३, २०७८ सोमबार

पोखरा। सोमबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य रु.९२ हजार ५ सय हुँदा सोमबार यसको मूल्य तोलामा ३ सयले वृद्धि भई प्रतितोला रु.९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजावी सुनको मूल्य रुं.९२ हजार ३ सय रहेको छ । आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

आइतवार प्रतितोता चाँदीको मूल्य रु.१३ सय ५० रहेको थियो जबकी सोमबार प्रतितोला चाँदी १३ सय ५५ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।