भोलि हेमजाका तीन स्थानबाट निःशुल्क स्वाव संकलन हुने

जेठ ४, २०७८ मंगलबार

पोखरा । परिवर्तन नेपालले बुधबार हेमजाको तीन स्थानबाट निःशुल्क स्वाव संकलन गर्ने भएको छ । स्वाव संकलन ११ बजेबाट शुरु हुनेछ । 

संस्थाका केन्द्रीय सदस्य सोमनाथ अधिकारीले दिएको जानकारी अनुसार हेमजाको गौरीशंकर, अम्विका मावि र दिव्यज्योति स्कूलबाट स्वाव संकलन हुनेछ ।

उक्त संस्थाले यसअघि पोखरा १८ र २४ मा स्वाव संकलन गरिसकेको छ । पोखरा १८ बाट ४८ वटा र पोखरा २४ बाट ६८ वटा स्वाव संकलन गरिएको संस्थाकी स्वास्थ्य विभाग प्रमख युनिका ढकालले जानकारी दिइन् ।

स्वाव संकलनसंगै स्वास्थ्य परीक्षणसमेत गरिने संस्थाका सचिव हरि कार्कीले जानकारी दिए । उनका अनुसार कास्कीका गाउँपालिकाहरुमा पनि पुगेर स्वाव संकलन गरिनेछ । 

गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले परिवर्तन नेपाललाई निःशुल्क रुपमा सहमति दिएको हो । संकलित स्वावलाई गण्डकी प्रदेशको जनस्वास्थ्य प्रगोगशालालाई उपलव्ध गराइने संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।