पछिल्लो २४ घण्टामा ८२०३ जनामा संक्रमण पुष्टि, ६ हजार ८९१ संक्रमणमुक्त

जेठ ४, २०७८ मंगलबार

पोखरा। कोरोना भाइृरसको दोस्रो लहर सुरु भएसंगै नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या दिनानु दिन् बर्दै गएको छ भने कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढिनै छ ।
आज देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २०३ जनामा पोजेटिभ देखिएको हो भने १९६ संक्रमितको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने हाल सम्म जम्मा ३ लाख ५२ हजार ४१४ जना निको भएर घर फर्केंका छन् ।