भण्डारीको व्यंग्य : ओली ‘बा’ ले कानमा कपास हाल भन्ने दिन आउला जस्तो छ

जेठ ८, २०७८ शनिबार

काठमाडौं । नेपाली कांग्रेसका युवा गणेश भण्डारीले वर्तमान समसामयिक विषयमा तिखो व्यंग्य कसेका छन् । कोरोना महामारीको बेलामा प्रधानमन्त्री केपी ओलीको गतिविधिलाई जोडेर उनले व्यंग्य कसेका हुन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसकुबमार्फत यस्तो व्यंग्य गरेका हुन् । उनले कोरोना संक्रमणबाट बच्नका लागि मुख र नाक छोपिने गरी माक्स लगाउँदा त्यसको सोझो असर आँखामा पर्ने भन्दै सचेतसमेत गराएका छन् । 

यस्तो अवस्थामा हाम्रा पाँच ईन्द्रीय (नाक, मुख, आँखा, कान, घाँटी) जोगाउन समेत उनले अपिल गरेका छन् । 

कोरोना महामारी फैलिंदै गर्दा सरकारले माक्स नलगाए जरीवाना गर्ने निर्णय गरेकोप्रति भण्डारीले व्यंग्य कसे ।

यस्तै हो भने आँखा, नाक र कानमा कपास हाल भन्ने दिन आउने भन्दै भण्डारीले व्यंग्य गरेका हुन् ।

उनको स्टाटस यस्तो छ : चस्मा लगाए र खोले, किनकि नाक मुख बन्द गर्दा तातो हावाले आँखालाई पनि असर पर्ने रहेछ । मेरो बुझाई र जनजनमा पनि यस्तै हो । न आतिनु होला, नाक र मुख त मास्कले छोपयो ।

आँखा र कान केले छोप्ने ? अनि स्वास्थ्यको असर कसरी सावधान गर्ने ? हाम्रो शरीरको ५ ईन्द्रीय (नाक, मुख, आँखा, कान, घाँटी) हुन् । एउटाको असर सबैलाई ।

 सन्दर्भ नेपाली राजनीति : अब ओली बाले कुनै दिन कानमा कपास हाल भन्ने दिन आउला जस्तो छ ।