कास्कीमा ५१ जनासंगै गण्डकी प्रदेशमा थप ५२३ कोरोना संक्रमित भेटिए

जेठ ८, २०७८ शनिबार

पोखरा। आज कास्कीका ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । योसंगै गण्डकी प्रदेशमा थप ५२३ जना नया कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

दिउसो ४ः०० बजेको तथ्याङ्क अनुसार उक्त संख्यामा संक्रमण देखिएको हो । संक्रमण पुष्टी हुनेहरुमा कास्की, बागलुङ, स्याङजा, तनहँु, गोर्खा, लम्जुङ र नवलपरासी पुर्वका रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितमध्य प्रदेश जनस्वास्थ्य प्रया्गशालामा ३६६ जना, मध्यविन्दु जिल्ला अस्पताल,नवलपरासी पुर्वमा ११२ जना, चितवन मेडिकल कलेज तथा भरतपुर अस्पतालमा ९ जना, धौलागिरी जिल्ला अस्पताल बागलुङमा ६ जना, स्वास्थ्य कार्यलय तनहँुमा  १२ जना, स्वास्थ्य कार्यलय लम्जुङका ६ जना र स्वास्थ्य कार्यलय नवलपुर पुर्वमा १२ जनागरी कूल  ५२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको डा.शर्माले जानकारी दिए । 

जस्मा पुरुष २६६ जना रहेका छन् भने महिला २५७ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ हजार ६३६ जना पुगेको छ ।