कास्कीमा थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २४८ पुग्यो

जेठ ८, २०७८ शनिबार

पोखारा। कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा आज थप २१ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा १२ जनासहित गण्डकीमा थप २१ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पर्वतका एक जना, तनहूँका एक जना, म्याग्दीका एक जना, स्याङ्जाका ६ जना छन् ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ५१४ जना पुगेको छ । यसमध्ये कास्कीमा २४८ जनाको मृत्यु भएको छ ।