चीनमा दौड प्रतियोगितामा सहभागी २१ धावकको मृत्यु

जेठ ९, २०७८ आइतबार

चीन। चीनमा दौड प्रतियोगितामा सहभागी भएका एक सय ७२ धावकमध्ये २१ जना धावकको ज्यान गएको छ ।

पश्चिम–उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीको ज्यान गएको बीबीसीले जनाएको छ ।

सय किलोमिटर दूरी भएको दौडमा एक सय ७२ धावक सहभागी रहेका थिए । हिजो भएको दौडमा हराएकाहरुमध्ये आज २१ जनाको शव भेटिएको खबरमा उल्लेख छ । राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

यल्लो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । बीबीसीका अनुसार एक सय ५१ जनाको उद्धार गरिएको र उनीहरुमध्ये धेरैलाई चोट लागेको छ । -बीबीसी