अमेरिकीबाट आज पनि स्वास्थ्य सामग्री नेपाल आउँदै

जेठ ९, २०७८ आइतबार

अमेरिका। अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोग र समन्वयमा स्वास्थ्य सामग्री लिएर आज पनि अमेरिकी कार्गो जहाज नेपाल आउने भएको छ ।

सिल्क वे एअरलाइन्सको कार्गो जहाज दिउँसो सवा १ बजे काठमाण्डौ आइपुग्ने तालिका रहेको छ ।  हिजोमात्रै जहाजले पीसीआर टेष्ट किट, सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित सामग्री काठमाण्डौ ल्याएको थियो ।

पछिल्ला तीन हप्तामा अमेरिकाले नेपाललाई डेढ अर्ब रुपैयाँभन्दा धेरै बराबरको सहयोगसंगै यूएसएआईडीले अक्सिजन उत्पादन प्रणालीहरू मर्मत गर्न पनि मद्दत गरिरहेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले नेपालको लागि द्रुत सहयोग गरिरहेको र अहिलेसम्म नेपाललाई  कोरोना विरुद्ध  लड्न साढे पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम बराबरको सहायता प्रदान गरिएको समेत बताए । -एजेन्सी