आज शेयर कारोबारमा नयाँ रेकर्ड

जेठ ९, २०७८ आइतबार

पोखरा। साताको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से  ३२.८१ अंकले बढेर २८२० मा पुगेर ऐतिहासिक उचाइ कायम गरेको हो ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन,व्यापार, अन्य,जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छभने होटल्स तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक घटेका छन ।

त्यस्तै अन्तिम समयसम्म कारोबारमा आएका २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर १ लाख २६ हजार १२४ पटक किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.४१ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ ।