बहराइनद्धारा नेपाली नागरिकको प्रवेशमा रोक

जेठ ९, २०७८ आइतबार

बराइन।  कोरोना माहामारी नियन्त्रणका लागि बहराइनले नेपालीसहित बिभिन्न देशको नागरिकलाई प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आज आइतबारदेखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो । 

तर यी देशबाट आफ्नो नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् । तर १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ जनाएको छ । 

यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने बहराइनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ । 

जारी मापदण्ड नमान्नेलाई बहराइन दिनार १ हजारदेखि १० हजारसम्म र कम्तीमा तीन महिनाको जेल सजाय वा दुवै हुन सक्ने समृत जनाएको छ । बहराइन सरकारले त्यहाँ रहेका आप्रवासी श्रमिकलाई पनि खोप उपलब्ध गराइरहेको छ । साथै खोप लगाउन बहराइन सरकारको स्वास्थ्य मन्त्रालयमा आवेदनको दिन सकिन्छ ।