भारतमा कोरोना संक्रमण दर घट्दै, मृतक संख्या ३ लाख ७ हजार नाघ्यो

जेठ ११, २०७८ मंगलबार

भारत।  कोरोना भाइरस संक्रमणको दोस्रो लहरकाले ‘हटस्पट’ बनेको भारतमा संक्रमितको संख्या केही दिन यता कमि आएको छ । 

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ । पछिल्लो क्रमंमा भारतमा कोरोना वृद्धिसंगै संक्रमितको संख्या २ करोड ६९ लाख ४७ हजार ४९६ पुगेको छ ।

यसअघि भारतमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने बढिनै रहेको छ ।  । 
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९८ जनाको मृत्यु भएको छ । 

योसंगै भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ७ हजार २४९ पुगेको छ ।