सरस्वती र उज्वलको ‘छाता ओढेर’ सार्वजनिक

जेठ १८, २०७८ मंगलबार

पोखरा । सामाजिक अभियान्ताको रुपमा परिचित सरस्वती पुरी र परिचित गायक उज्वल गिरीको छाता ओढेर नामको गीत सार्वजनिक गरिएको छ । उक्त गीत, भिडियो लेकसाइड टिभिको यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । यूटुवमा सार्वजनिक गरिएको हो । 

गीत केही फरक र दर्शक श्रोताको मनमा छुने खालको बनेको गायिका सरस्वती पुरीको दावी छ । आगामी दिनमा पनि समयसापेक्ष गीत लिएर आउने उनको अठोट छ । 

गीतको शब्द उज्वलको हो ।े यसमा लय महेन्द्र भण्डारीको छ । म्युजिक भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् भने यसको सम्पादन विष्णु शर्माले गरेका छन् । यस्तै भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । 

समूह गायनमा शर्मिला अर्याल, संगीता डंगोल, गोविन्द पराजुली, राजेन्द्र बाजुराली र महेन्द्र भण्डारीले साथ दिएका छन् ।

म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओवि रायमाझी, सचिन परियार, तेजेन्द्र परियार, साहिल क्षेत्री, सुप्रिया क्षेत्री, मनिष खड्का र नेपाली चार्लीको अभिनय छ ।

भिडियो