तपाइँको जन्म जेठ महिनामा भएको हो ?, तपाइँ कस्तो व्यक्ति ?

जेठ २२, २०७८ शनिबार

पोखरा । जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् । ज्योतिष शास्त्रानुसार जेठ महिनामा जन्मनेहरु बुद्धिमान, मिजासिलो, दीर्घायू र धनवान हुन्छन् । उनीहरु परिस्थितिलाई नियन्त्रण गर्न सक्ने हुन्छन् ।

यस्तै, घरमा भन्दा प्रदेशमा खुशी हुन्छन् । बौद्धिक क्षमता प्रयोग गरी सजिलै नाम र खुशी आर्जन गर्ने हुनाले उनीहरुहरुको जीवन इच्छा अनुसार चल्छ । धर्मप्रतिको गहिरो आस्था र बिश्वास गर्ने हुन्छन् ।

यसैगरी यो महिनामा जन्मिएका मानिसहरु आकर्षक र लोकप्रिय हुन्छन् । तर उनीहरु थोरै लापरवाही हुने भएकाले सनकी पनि हुन्छन् ।

आफू्लाई मनपरेको केही कुरा जसरी पनि उनीहरुले पाउनै पर्छ । उनीहरुले जीवनको सही तारतम्य मिलाउने गर्दछन् ।

यो महिना जन्मिएका मानिसहरुमा आँखा सम्बन्धित समस्या हुने अत्यधिक सम्भावना हुन्छ ।