असार १२ गतेसम्म पुर्याइयो लकडाउन, स्टेशनरी र पसल खुल्ने

असार ४, २०७८ शुक्रबार

गोरखा । गोरखामा लकडाउनको अवधि एक हप्ता थप गरिएको छ । 

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले यही असार १२ गतेसम्म लकडाउन लम्व्याउने निर्णय गरेको हो । 

यसअघिको बैठकले असार ५ गतेसम्मका लागि लकडाउन जारी गरेको थियो ।

पाठ्यपुस्तक तथा स्टेशनरी विक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने भएको छ । 

बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खुल्न पाउने निर्णय बैठकले गरेको हो । 

सामुदायिक विद्यालयको हकमा पुस्तक व्यवसायीले आवश्यक पुस्तक विद्यालयसम्म पु¥याइदिनुपर्ने छ ।

खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म संचालन गर्न पाइने छ । 

यसअघि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाउने व्यवस्था थियो ।