पोखरासहित गण्डकीका चार जिल्लामा भोलि बत्ति नआउने

असार ४, २०७८ शुक्रबार

पोखरा । पोखरासहित गण्डकी प्रदेशका चार जिल्लामा भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिड शाखा अन्तर्गत पोखरा सवस्टेशनमा १३२ केभी सिटीको रेसिओ सेटिङ बढाउन विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

यस अन्तर्गत पोखरा, पर्वत, बागलुङ, म्याग्दी र तातोपानी वितरण केन्द्र अन्तर्गतमा विद्युत आपूर्ति बन्द हुने पोखरा ग्रिड शाखाले जनाएको छ । 

शनिबार मध्यान्ह १२ बजेदेखि दिउसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।