क्रिकेटर सन्दीप लामिछाने बेलायत प्रस्थान

असार २४, २०७८ बिहीबार

पोखरा । नेपाली क्रिकेटर सन्दीप लामिछाने बेलायत प्रस्थान गरेका छन् । उनी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न उनी टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बेलायत पुगेपछि लामिछाने १० दिन क्वारेन्टिनमा बस्नेछन् । सो अवधिमा दुई पटक पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र उनले सो प्रतियोगितामा खेल्न पाउनेछन् । 

द हन्ड्रेड क्रिकेट प्रतियोगिता सन्दीपले ओभलबाट खेल्ने छन् । प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्ने बताइन्छ ।