अमेरिकामा कार दुर्घटना, नेपाली युवती नेहा गम्भीर घाइते

असार २८, २०७८ सोमबार

पोखरा । अमेरिकामा कार दुर्घटना हुँदा नेपालकी एक युवती घाइते भएकी छन् । घाइते हुनेमा बुटवलकी १९ वर्षकी नेहा भूषाल रहेकी छन् । उनको अवस्था गम्भीर रहेको खसोखास डटकमले उल्लेख गरेको छ । 

अमेरिकाको टेक्सासमा कार दुर्घटना भएको हो । नेहाको गोडामा गम्भीर चोट लागेको बताइन्छ । मिसिगनबाट विपिन श्रेष्ठले दिएको जानकारी अनुशसार उनको हाल आईसीयुमा उपचार भइरहेको छ । उनको इन्सुरेन्सले उपचार खर्च नधान्ने भएकाले सहयोगको आवश्यकता परेको जनाइएको छ ।

नेहाको उपचारका लागि ठूलो धनराशी लाग्ने भएकाले उपचारमा सहयोगका लागि गोफण्डमीमार्फत अभियान चलाइएको छ । 

गोफण्डमीमा संकलित सबै रकम नेहाको सर्जरी, औषधि र मेडिकल बिलमा खर्च गरिने जनाइएको खासोखासले आफ्नो समाचारमा उल्लेख गरेको छ ।